३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

पहिरोबाट अठचालिस रोपनी धानखेत पुरियो



रसुवा, ८ भदौ । गत साउन २२ गतेको वर्षासँगै आएको पहिरोबाट ४८ रोपनी धानखेत पुरिएको छ ।

पहिरोबाट घरमा राखिएको नौ टन मकै र छ टन धान क्षति भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाइँले जानकारी दिनुभयो ।

सोही दिनको पहिरोले १५ घर पुरिनुका साथै उत्तरगया गाउँपालिका–४ पहिरेवेसी क्षेत्रको बेते गौँडा सिँचाइ कुलोमा क्षति पुगेको छ । सो कुलो पुनःसञ्चालनका लागि सरोकारवाला निकायसँग समन्वय गरिएको हुमागाइँले बताउनुभयो ।

सो क्षेत्रका २६ चौपाया र ९६ पक्षी मरेपछि रु ३० लाख बराबरको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका प्राविधिक प्रेम डाँगीले बताउनुभयो ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००