काठमाडौँ, ८ भदौ । हरितालिका तीजका अवसरमा कामपा–३२ पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर मन्दिरमा नेपाली महिलाले बिहानैदेखि दर्शन गर्नाका साथै नाचगान गरेका छन् ।
करिब ३०० वर्ष पुरानो सो मन्दिरमा विशेष गरी मुद्दा मामिला र झञ्झटमा परेका मानिस जाने गर्छन् । आज बिहान ४ बजे नै तीन ढोका खोलिएपछि अपराह्न ३ बजेसम्म ३५ हजार जनाले मन्दिरको दर्शन गरिसकेको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिनुभयो । गत साउन महिनाभर पनि लाखौँ नेपाली र भारतीय नागरिकले मन्दिरको दर्शन गरेका थिए ।
प्रतिक्रिया