३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

सवारी ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ



मेलम्ची, ८ भदौ । सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट आज प्रहरीले पक्राउ गरेको छ ।

विसं २०७१ जेठ ७ मा सिन्धुपाल्चोक जिल्ला अदालतले २५ दिन कैद र रु दुई हजार जरिवाना गर्ने फौसला गरेपछि फरार रहेका मेलम्ची–१३ फटकशिलाका बस्ने ३० वर्षीय केशवप्रसाद दंगाललाई प्रहरीले पक्राउ गरेको हो । २०७० साल मंसिर १६ गते दंगालले चलाएको टिपरको ठक्करबाट सोही गाउँ बस्ने चित्रबहादुर डोटेलको मृत्यु भएको थियो ।

लुकीछिपी फटकशिलाबेसीमा बसिरहेका निजलाई मेलम्ची इलका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । अभियुक्तलाई शुक्रबार जिल्ला अदालतमा पेस गरिने भएको छ ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००