३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

मौसमी रुघाखोकीबाट अर्को एकजनाको मृत्यु



पोखरा, ८ भदौ । मौसमी रुघाखोकीबाट पोखरामा अर्को एक नाबालकको मृत्यु भएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका नाबालकको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिनुभयो ।

उनलाई पोखराको ओम अस्पतालमा उपचारका लागि ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लगिएको थियो । एक महिनाअघि सो रोगबाट तीन जनाको मृत्यु भइसकेको छ । अगस्त महिनाको १५ दिनमै १९३ जनामा मौसमी रुघाखोकीको लक्षण देखापरेको बरालको भनाइ छ । मौसमी रुघाखोकीको परीक्षण गराउने पश्चिमाञ्चलको एक मात्र क्षेत्रीय स्वास्थ्य प्रयोगशालामा फेब्रुअरी महिनादेखि आजसम्म ३१५ जनाको परीक्षण गराउँदा २८२ जनामा पोजिटिभ देखिएको थियो ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००