३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या छैन : विभाग



काठमाडौँ, ८ भदौ । बाढी÷पहिरो प्रभावित क्षेत्रमा कुनै रोग तथा स्वास्थ्यको समस्या वा महामारीको अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी केन्द्र तथा आफ्ना अन्तर्गतका निकायबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हालसम्म करिब २४ हजार १६९ स्वास्थ्य सेवा प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ ।

केन्द्र, क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित जिल्लामा एक हजार ५०० स्वास्थ्यकर्मी परिचालन भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

साथै औषधि, अन्य उपकरणको मागअनुरुप वितरण भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रभावित जिल्लामा सञ्चालन भएको कार्यक्रम समीक्षा गर्दै तत्काल समस्याको सम्बोधनसमेत हुने गरेको महानिर्देशक पन्तले जानकारी दिनुभयो ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००