३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

पत्रकार पुन पुर्जालाई पितृशोक



पोखरा, ८ भदौ । हिमाली आवाज साप्ताहिकका सह–सम्पादक तिलकप्रसाद पुन पुर्जालाई पितृशोक परेको छ ।

उहाँका पिता मानबहादुर पुन पुर्जाको बुधबार राति मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँ ८५ वर्षको हुनुहुन्थ्यो । स्व पुन पुर्जा केही समयदेखि दम, मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ ।

पर्वतको ओखरेनीमा जन्मनुभएका पुन पुर्जा हाल पोखरा–लेखनाथ महानगरपालिका–११ पूmलबारीमा बस्दै आउनु भएको थियो । उहाँको आजै सेती नदीको किनारमा दाहसंस्कार गरिने परिवारबाट थाहा भएको छ ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००