२ चैत्र २०८१, आइतबार । March 16, 2025

मुख्य खबर

रजत महोत्सवको अवसरमा सम्मान



भक्तपुर, ८ भदौ । भक्तपुर विकास सहयोग संघले आफ्नो २६औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

संघले भक्तपुरको कला, संस्कृति, इतिहास, साहित्य, शिक्षा, संगीत, स्वास्थ्यलगायत विषयमा महत्वपूर्ण योगदान पुरयाउने व्यक्तित्वलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले इतिहासविद् एवं संस्कृतिविद् पुरूषोत्तमलोचन श्रेष्ठ, समाजसेवी श्यामसुन्दर धौभडेल तथा संगीतकार दीपक जंगमलाई सम्मान गर्नुभयो ।

त्यस्तै, भक्तपुरका चारवटा नगरपालिका– भक्तपुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमीका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुख, भक्तपुर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाल अर्बुदरोग निवारण संस्था, सिबिआर, नेपाल साहित्य मन्दिर, विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि, नेपाल भाषा साहित्य तस्मुंज्या, भक्तपुर साहित्यिक समाजलगायत दुई दर्जन संस्थालाई पनि सम्मान गरियो ।

सो अवसरमा संघको मुखपत्र ‘खोपृङ’को विविध लेखलाई संग्रह गरी प्रकाशित ‘खोपृङ संग्रह–१’ को अध्यक्ष बिजुक्छे र संघका अध्यक्ष राजाराम जोशीले संयुक्तरूपमा लोकार्पण गर्नुभयो ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००