३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

सप्तरीका बाढीपीडितलाई राहत वितरण



राजविराज, ८ भदौ । बाढी र पहिरोका कारण विस्थापित परिवारलाई विभिन्न संघ संस्थाले राहत वितरण गरेका छन् ।

राजविराज नगरपालिका–९ स्थित मलेठका करिब ५६० बाढीपीडित परिवारलाई आसमान नेपालले बुधबार राहत वितरण ग¥यो । वल्र्डवाइड कनसल्ट तथा पिपुल इन निड नामक संस्थाको सहयोगमा राजविराजस्थित राज रंगशालामा आयोजित कार्यक्रममा उनीहरुलाई विभिन्न खाद्य सामग्रीसहित राहत वितरण गरिएको आसमान नेपाल सप्तरीका संयोजक श्रवणकुमार देवले जानकारी दिनुभयो ।

प्रतिव्यक्ति ३० किलो चामल, पाँच किलो दाल, एक किलो नुन, दुई लिटर खाने तेल, दुई किलो चिनी, एक÷एक थान बाल्टिन र मग तथा एक थानका दरले झुल, दुई÷दुई थानका दरले नुहाउने साबुन र एक थान सेनेटरी प्याडलगायत सामग्री वितरण गरिएको बताइएको छ ।

यस्तै, डियर वाक फाउन्डेसन, काठमाडौँले सप्तरीको डाक्नेश्वरी नगरपालिकामा रहेका ९० बाढीपीडित परिवारलाई राहतस्वरुप रु चारहजार ५०० का दरले राहत प्रदान गरिएको सो संस्थाका स्वयंसेवक सन्दीप सदाले जानकारी दिनुभयो ।

यसैगरी, गैरआवासीय नेपाली संघले सप्तरीको बोदेबर्साइन नगरपालिकालगायत विभिन्न ठाउँमा मंगलबार र बुधबार बाढीपीडितलाई राहत वितरण गरेको छ । करिब एक हजार ५०० परिवारलाई एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नुन, चिनी र तेललगायतको राहत वितरण गरिएको बताइएको छ ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००