तिलोत्तमा (रुपन्देही), ६ भदौ । सैनामैना नगरपालिका रुपन्देहीेले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ५४ करोड ६७ लाखको बजेट पारित गरेको छ ।
नगरपालिका घोषणा भएपछिको आज भएको पहिलो नगरसभामा वार्षिक बजेट प्रस्तुत गर्दै नगरप्रमुख चित्रबहादुर कार्कीले ‘सुखी सैनामैनावासी र समृद्ध सैनामैना नगरपालिका’ भन्ने नारा साकार पार्ने गरी बजेट निर्माण गरिएको बताउनुभयो ।
बजेटले सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै नगर क्षेत्रको गुरुयोजना बनाउन र मुख्य सडक कालेपत्र तथा स्तारोन्नति गर्न रु छ करोड ७३ लाख ४१ हजार विनियोजन गरेको छ ।
प्राविधिक शिक्षालाई जोड दिइने र यसका लागि विद्यालयका प्राचार्यसँग कार्यसम्पादन सम्झौता गर्न अध्ययन सुरु गरिने बजेटमा उल्लेख गरिएको छ ।
निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः विस्थापन गरी व्यावसायिक कृषि प्रणालीको विकास गरिने, दुग्ध उत्पादनमा सैनामैना नगरपालिकालाई आत्मनिर्भर बनाइने र सहकारीलाई कृषि उत्पादनतर्फ प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया