१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

अविरल वर्षाले गर्दा घर क्षति



हुम्ला, ७ भदौ । सदरमुकामदेखि उत्तरी भेगमा पर्ने सिमीकोट गाउँपालिका–७ डाँडाफया गाउँमा भदौ २ गतेको अविरल वर्षाले गर्दा एक घर पूरै क्षति भएको छ ।

उक्त गाउँपालिकाको गगनसिंह कामीको एक तले घर पूरै क्षति र घरमा भएका लत्ताकपडा, भाडाकुँडा, अन्नपातसमेतमा क्षति भएको र अमृते कामीको तीनकोठे घरमा पनि क्षति भएको र अन्नपात, भाडाकुँडा, नगद रु ३२ हजार गरी रु दुई लाख ३२ हजार ५०० बराबरको क्षति भएकाले तत्काल जिल्ला दैवी प्रकोपका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले पीडितलाई रु पाँच हजारका दरले राहत वितरण गर्नुभएको छ ।

प्रकाशित : ७ भाद्र २०७४, बुधबार ००:००