१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

नगरको विकासमा राजनीति नगर्न आग्रह



उर्लाबारी (मोरङ), ६ भदौ । यहाँस्थित उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नगरको विकासमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ ।

उर्लाबारी–५ स्थित प्राइम एफएम प्रालिले आज आयोजना गरेको नगर प्रमुख एवं उपप्रमुख सम्मान कार्यक्रममा हरेक क्षेत्रमा राजनीति गर्ने संस्कारले नगरको विकासमा बाधा पुगेको छ भन्दै उहाँले फोहर उठाउन नपाउँदा नगर दुर्गन्धित हुँदै गएकामा सरोकारवालाले दायित्व निर्वाह गर्न र व्यवस्थित डम्पिङ साइड निर्माण नहुँदासम्म फोहर व्यवस्थापनका लागि सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।

डम्पिङ साइट नहुँदा उर्लाबारी नगरमा एक सातादेखि फोहर उठउन नसकेकामा चिन्ता व्यक्त गर्दै नगर प्रमुख फागोले फोहर व्यवस्थापनका लागि जग्गाको व्यवस्थापन गर्न खोज्दा केही व्यक्तिको राजनीतिक स्वार्थका कारण सफल हुन नदिएको आरोप लगाउनुभयो । उहाँले फोहर, विद्यालय एवं विकास निर्माणमाका क्षेत्रमा गरिने राजनीतिले नगरको विकास नहुने सुझाव पनि दिनुभयोे ।

उपप्रमुख लक्ष्मीदेवी भण्डारीले नगरको विकासका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नगरको विकास लागि राज्यको चौथो अंग भनिएको सञ्चार माध्यमले खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित : ६ भाद्र २०७४, मंगलबार ००:००