१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

पोखरीमा डुबेर बालकको मृत्यु



लहान, ४ भदौ । पोखरीमा डुबेर सिरहाको लहान नगरपलिका– १३ दम्दाह टोलमा एक बालकको मृत्यु भएको छ ।

घरबाट शनिबार दिउँसो खेल्न निस्किएका स्थानीय जगवीर यादवको आठ वर्षीय छोरा राजु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

राजु साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट १० मिटर टाढाको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यसैगरी अविरल वर्षासँगै आएको बाढीका कारण विस्थापित भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढीपीडित परिवारलाई शनिबार साँझ सामूहिक भोजन गराइएको छ ।

कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले बाढीबाट विस्थापित भएका तिलाठी कोइलाडी गाउँपालिकाका एक हजार ४०५ जना बाढीपीडितलाई भोजन गराएको हो ।

गाउँमै मेस सञ्चालन गरी बाढीपीडितलाई खाना खुवाइएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोदानन्द चौधरीले जानकारी दिनुभयो ।

यसअघि पनि कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सप्तरीको हनुमाननगर कंकालनीमाई नगरपालिका– ११ इनरुवाका ५०० बाढीपीडित परिवारलाई चिउरा, भुजिया र मिनरल वाटर लगायतका राहत वितरण गरेको थियो ।

प्रकाशित : ४ भाद्र २०७४, आइतबार ००:००