९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

बाँकेमा बाढीबाट ४७ हजार प्रभावित



नेपालगन्ज, ३२ साउन । बाँके जिल्लामा बाढी तथा डुबानवाट नौ हजार ४८२ घरधुरीका ४७ हजार ४१० जना प्रभावित भएको प्रारम्भिक तथ्याँक यहाँ सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याँक अनुसार बाढीवाट जिल्लामा तीन जनाको मृत्यु भएको, ८५३ घर पूर्णरुपमा क्षति भएको र आंशिक रुपमा तीन घर क्षति भएको जानकारी दियो ।

जिल्लाका विभिन्न विद्यालय र सामुदायिक भवनमा ९९५ घरपरिवारका चार हजार ६६४ जनाले अस्थायी आश्रय लिइरहेका छन् । उनीहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समितिमार्पmत चामल, चिउरा, बिस्कुट, खानेतेल, दालमोढ, पिउने पानी तथा लत्ता कपडा उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी गराउनुभयो ।

यसैगरी, बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयवाट औषधि सहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ ।

जिल्लाका बाढी प्रभावितहरुलाई राहत सहयोग उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सेभ द चिल्ड्रेन, नेपाल रेडक्रस, बी–ग्रुप, होल्डिङ्ग ह्याण्ड फाउण्डेशन, साझा समावेशी व्यवसायी समूह, नेपालगन्ज उद्योग वाणिज्य सङ्घ लगायतका सङ्घ संस्थाबाट सहयोग प्राप्त भइरहेको जनाइएको छ ।

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार ००:००