९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

करेन्ट लागेर महिलाको मृत्यु



राजविराज, ३२ साउन । सप्तरीको रुपनी गाउँपालिका– १ मा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिकाकी ७५ वर्षीया मसुनी देवी यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

घर नजिकैको खाँडो पुलमा खसेको विद्युत्को तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।

उपचारका लागि बिपी कोइराला धरान लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार ००:००