बाबियाचौर (म्याग्दी), ३२ साउन । बेनी नगरपालिका– ८ न्युरोडमा घरको छतबाट लडेर आज एक महिलाको मृत्यु भएको छ ।
आफ्नै घरको छतबाट लडेर घाइते भएकी ५१ वर्षीया हरिमाया अधिकारीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहान फूल टिप्ने क्रममा तीन तलाबाट खसेकी अधिकारीको टाउकामा गम्भीर चोट लागेको थियो । बेनी अस्पतालमा प्राथमिक उपचार गरेर मणिपाल पठाइएकी अधिकारीलाई अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया