९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

नागोया अभिसन्धि सदनमा पेश



काठमाडौँ, ३२ साउन । व्यवस्थापिका–संसद्मा ‘आनुवंशिक स्रोतहरुमा पहँुच र तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड’ सम्बन्धी नागोया अभिसन्धि पेश गरिएको छ ।

प्रधानमन्त्री तथा वन तथा भू–संरक्षणमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त अभिसन्धि पेश गर्दै जैविक विविधताको संरक्षण र त्यसबाट प्राप्त लाभको बाँडफाँड समन्यायिक ढंगबाट गर्ने अभिसन्धिको उद्देश्य रहेको बताउनुभयो ।

नेपालले हरेक वर्ष हजाराँै टन जडीबुटी निकासी गर्दै आएपनि त्यसबाट आवश्यक लाभ लिन नसकिरहेको अवस्थामा आनुवंशिक स्रोत अभिसन्धि अनुमोदनबाट यसको विकास र विस्तारमा ठूलो फड्को मार्न योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

व्यवस्थापन कार्य

यसैगरी, आज वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले ‘वस्तुको प्रत्यक्ष बिक्री ९व्यवस्थापन तथा नियमन गर्ने० विधेयक, २०७४ माथि विचार गरियोस्’ भनी प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभयो ।

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार ००:००