९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

दुहबीमा राहत कोष स्थापना



इनरुवा, ३१ साउन । सुनसरीको दुहबी नगरपालिकाले लगातारको बाढीबाट पीडित भएकालाई राहत वितरण गर्न राहत कोष स्थापना गरेको छ ।

बाढीपीडितका लागि छुट्टै राहत कोष स्थापना गरेर सहयोगका लागि दता, विभिन्न संघ संस्था तथा सरोकारवालासंग आग्रह गरिएको नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरीले जानकारी दिनुभयो ।

सञ्चारमाध्यम बन्द

पाँच दिनदेखि विद्युत् अवरुद्ध भएपछि सुनसरी सदरमुकाम इनरुवाबाट प्रसारण तथा प्रकाशन हुँदै आएका सञ्चारमाध्यम बन्द भएका छन् ।

सदरमुकाम इनरुवाबाट प्रकाशन हुने दैनिक पत्रिका र साप्ताहिक पत्रिकासँगै जिल्लाको रेडियो एफएम चारदिनदेखि बन्द भएको सम्बद्ध सञ्चालकले जनाएका हुन् ।

विद्युत् अभावका कारण जिल्लाको नौवटा एफएम चार दिनदेखि प्रसारण बन्द भएका छन् । बाँकी रहेको रेडियोले केहीबेर सूचना र समाचार प्रसारण गरे पनि पूर्ण समय प्रसारण गर्न नसकेको सञ्चालकले बताएका छन् । त्यसैगरी इनरुवाबाट प्रकाशित हुने दुईवटा दैनिक र पाँच वटा सप्ताहिक पत्रिकासमेत बन्द भएको छ ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलबार ००:००