९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

पहिराले खानेपानीको पाइप बगायो



बाजुरा, ३१ साउन । बाजुराको बूढीगंगा नगरपालिका–२मा पहिराले खानेपानीको पाइप बगाएको छ । स्थानीय देवराज पाध्यायका अनुसार खानेपानीको पाइप पहिरोले बगाएपछि स्थानीय ७० परिवार खोलाको पानी खान बाध्य छन् ।

सोही वडाको मुसीगाउँको टोलमा रहेको सामुदायिक वनबाट आएको पहिरोले १०० मिटरसम्मको खानेपानीको पाइप बगाउनुका साथै पानीको ट्याङ्कीमा समेत क्षति पु¥याएको पाध्यायको भनाइ छ ।

जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको रु ३० लाखको आर्थिक सहयोगमा गिठीपानीबाट ल्याइएको खानेपानी निर्माण भएको डेढ वर्षमा नै पहिरोले बगाएको खानेपानी निर्माण समितिका अध्यक्ष भीमबहादुर थापाले बताउनुभयो ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलबार ००:००