कलैया, ३१ साउन । तीन दिनदेखि बाढीबाट बेपत्ता भएका पचरौता गाउँपालिका–८ बलधुशवा रामजानकी वृद्धाश्रममा बस्दै आएका ७० वर्षीय व्रम्हदेव महतोको शव ५०० मिटर दक्षिण खोलामा सोमबार फेला परेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।
यस अघि बारामा बाढीबाट दुईजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुमा सिम्रौनगढ नगरपालिका–८ कचोर्वा टोल निवासी ३५ वर्षिया गहनीदेवी पाशवान र महागढीमाई नगरपालिका–१ निवासी १२ वर्षीय महफुज आलम रहेको प्रनाउ घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया