१० फाल्गुन २०८१, शनिबार । February 22, 2025

मुख्य खबर

गाँजा र अफिमसहित दुई पक्राउ



हेटौँडा, ३० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथको लामीडाँडाबाट आज हेटौंँडातर्फ आइरहेको ना १६ प ६५५२ नंको मोटरसाइकलमा ल्याइएको २२ केजी ५२० ग्राम गाँजा र अफिम एक केजी २०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, भीमफेदी गाउँपालिका–९ का खड्गबहादुर मोक्तान र सुदीप लामा रहेको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खनालले जानकारी दिनुभयो ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००