१० फाल्गुन २०८१, शनिबार । February 22, 2025

मुख्य खबर

गुरुङ ट्रष्टद्वारा थापा र राई सम्मानित



काठमाडौँ, ३० साउन । गायक खेमराज गुरुङको प्रथम वार्षिकोत्सवका अवसरमा खेमराज गुरुङ ट्रष्टले सांगीतिक क्षेत्रका दुई सष्ट्रालाई आज नगद दिएर सम्मान गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापालाई ‘खेमराज गुरुङ संगीत सम्मान‘ र गायिका मेलिना राईलाई ‘खेमराज गुरुङ नवप्रतिभा पुरस्कार’बाट सम्मान गरिएको हो । ट्रष्टका अध्यक्ष तथा खेमराजकी आमा तुल्सीले थापा र राईलाई क्रमशः रु ५० हजार र २० हजार प्रदान गर्नुभयो ।
सो अवसरमा गीतकार थापाले खेमराजका गीतलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । विसं २०३३ मा संखुवासभामा जन्मिनुभएका खेमराजको गत वर्ष निधन भएको थियो । उहाँको ‘वारि जमुना पारि जमुना‘ लोकगीत चर्चित छ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००