९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

डोलेश्वर मन्दिरमा ७६ लाख संकलन



भक्तपुर, ३० साउन । सूर्यविनायक नगरपालिका–८ मा रहेको प्रसिद्ध धार्मिकस्थल केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सञ्चालन भएको श्रावणी मेलामा रु ७६ लाख ३४ हजार संकलन भएको छ ।

गत साउन एक गतेदेखि नियमित रुपमा सञ्चालन भइरहेको मेलामा भक्तजनबाट आएको भेटी एवं दानबाट उक्त रकम संकलन भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका कोषाध्यक्ष विश्वराम थापाले जानकारी दिनुभयो ।

मन्दिरको गुरुयोजना सम्पन्न गर्न र थप प्रचारप्रसार गर्ने उद्देश्यले समितिको आयोजनामा सो मेलाको आयोजना गरिएको हो । कोषाध्यक्ष थापाका अनुसार गुरुयोजना निर्माण अनुदानमा रु ५० लाख ८९ हजार, भेटीबाट रु १९ लाख ३४ हजार, पञ्चस्नानबाट रु तीन लाख ९२ हजार र गंगाआरतीबाट रु ६३ हजार संकलन भएको हो । उक्त मेला भाद्र ६ गतेसम्म चल्नेछ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००