९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

साउनमुनी पर्व भब्यरुपमा मनाइयो



सिमिकोट, ३० साउन । हुम्लाभरिमा कालासिल्ला वाँपाला मन्दिरमा ठूलो पर्व मनाउने क्रममा २२ गतेदेखि २८ गतेसम्म पूजापाठ र बोका, घोडा, याक, लिएर मन्दिरमा चढाउने काम सकिएको छ ।

पर्वमा बाजुरा, मुगु जिल्लाबाट समेत मानिस आएका थिए । उक्त मन्दिरमा घरको मूल सुद्याउने र छोरा नभएकालाई छोराको बर माग्ने गर्दछन् ।

यस पर्वमा लामा जातिले पनि पुरानो संस्कृति झल्काउने स्यार्वो नाच नाच्ने प्रचलन छ । देउडा खेलमा रमाउँदै केटाकेटी, बुढापाका समेतले दोहोरी गीत गाएर रमाइलो गर्दछन् ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००