९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

विद्यालय फुटसल प्रतियोगिता साउन ३२ गतेदेखि



मध्यपुर थिमी, ३० साउन । अन्तर विद्यालय फुटसल च्याम्पियनसिप–२०१७ साउन ३२ देखि भदौ २ गतेसम्म थिमीको प्रमोसनल फुटसलमा हुने भएको छ ।

प्रतियोगितामा चारवटा नगरपालिकाको २४ वटा विद्यालय टोलीले सहभागिता जनाउनेछ ।

सो प्रतियोगिता मध्यपुर चेतनशील युवा क्लबको आयोजनामा हुँदैछ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ‘लिग सिरिज’मा खेलिनेछ ।

विजयी टोलीलाई सिल्ड, मेडल, प्रमाणपात्रका साथै नगद रु १५ हजार पनि प्रदान गरिने आयोजकले बताएका छन् ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००