८ फाल्गुन २०८१, बिहिबार । February 21, 2025

मुख्य खबर

अरिङ्गालले टोकेर महिलाको मृत्यु



डोटी, २९ साउन । अरिङ्गालले टोकेर आज यहाँ एक महिलाको मृत्यु भएको छ ।

अरिङ्गालले टोकेर दीपायल सिलगढी नगरपालिका– १ घटालीगाउँका २० वर्षीया पद्मादेवी जोशीको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा राजपुरस्थित सुजङ अस्पतालमा मृत्यु भएको सो अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले जानकारी दिनुभयो ।

अरिङ्गगालले टोकेर सोही घाउँकी १३ वर्षीया सीताकुमारी जोशी गम्भीर घाइते हुनुभएको छ । उहाँको सुजङ अस्पतालमै उपचार भइरहेको छ । दुवै जनालाई आज दिउँसो घाँस काट्ने क्रममा जंगलमा अरिङ्गालले टोकेको हो ।

प्रकाशित : २९ श्रावण २०७४, आइतबार ००:००