४ फाल्गुन २०८१, आइतबार । February 17, 2025

मुख्य खबर

महान्यायाधिवक्ताद्वारा राजीनामा



काठमाडौँ, २९ साउन । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले महान्यायाधिवक्ताको पदबाट आज राजीनामा दिनुभएको छ ।

महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाउनुभएको हो । श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनी सल्लाहकारका रुपमा नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिएपछि वर्तमान प्रधानमन्त्री देउवाकै सल्लाहमा आफूले काम गरेको उहाँले बताउनुभयो । उहाँको एक वर्ष एक हप्ताको कार्यकालमा महान्यायाधिवक्ता कार्यालय निर्माण योजना, सरकारी वकिल सम्मेलनजस्ता काम भएका छन् ।

प्रकाशित : २९ श्रावण २०७४, आइतबार ००:००