१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

वर्षाका कारण बाढीले धानबालीमा क्षति



गाईघाट(उदयपुर), २९ साउन । शुक्रबार बेलु्कीदेखि आएको निरन्तर वर्षाका कारण बेलका नगरपालिका– ४ र ५ स्थित सिसुवा खोला र सेती खोलामा भीषण बाढी आउँदा धान बालीमा ठूलो क्षति भएको छ ।

स्थानीय लालसिसुवाका दीपक परियारका अनुसार सिसुवा खोलामा आएको बाढी धानबालीमा पसेपछि सिसुवाखोला आसपासमा पच्चीस बिगाहा भन्दा बढी खेतको धानबाली नष्ट भएको छ ।

यस्तै सेतीखोलाको बाढीका कारण बीसैँ बिगाहा जग्गाको धानबाली पुरिएको स्थानीय धनबहादुर भुजेलले बताउनुभयो ।

यस्तै शनिबार आएको भीषण बाढीले बेलकाको जहडामा केही विद्युत्को पोलसमेत ढालेर विद्युत् अवरुद्ध बनाएको स्थानीयवासी होमबहादुर मगरले बताउनुभयो ।

ठोक्सिला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास राईले पनि ती स्थतनमा बाढीले क्षति पु¥याएको प्ुष्टि गर्नुभएको छ ।

वर्षाका कारण क्षतिका सम्बन्धमा तथ्यांक संकलन गर्न समेत समस्या भएको प्रहरी उहाँले बताउनुभयो ।

निरन्तर बाढी आएपछि बेलका क्षेत्रका सेतीखोला, लालसिसुवा खोला आसपास बसोवास गर्दैआएका स्थानीयवासी सुरक्षितस्थानतर्फ सर्न थालेको पनि स्थानीयले जनाएका छन् ।

यस्तै भिषण वर्षाका कारण त्रियुगा नगरपालिका– ११ बरुवा खोलामा आएको बाढीले शनिबार स्थानीय अनिष खड्काको एउटा ट्याक्टर बगाएको स्थानीयवासी राजकुमार राउतले बताउनुभयो ।

नदीले ट्याक्टर बगाए पनि ट्याक्टर चालकले भने बाढीमा पौडिएर ज्यान बचाएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : २९ श्रावण २०७४, आइतबार ००:००