३ चैत्र २०८१, सोमबार । March 17, 2025

मुख्य खबर

माडीका बस्ती डुबानमा, सडक बगाउँदा यातायात अवरुद्ध



रत्ननगर (चितवन), २८ साउन । बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् ।

रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका दर्जनाँै बस्तीका सयौँ घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिनुभयो ।

उहाँले यहाँका तीन÷चार सयभन्दा बढी घर डुबानमा परेको जानकारी आएकाले यस सम्बन्धी विवरण संकलन भइरहेको बताउनुभयो । मानवीय क्षति भने भएको छैन ।

माडीको वनकट्ठा, अमिलिया, सिमरा, धोवाह, रतनीका बस्ती डुबानमा परेका छन् । यहाँका ठाडा खोला र रिउ नदीमा बाढी आएको छ ।

उहाँकाअनुसार डुबानमा परेका बस्तीको बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ र अहिले जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकायसहितको उद्धार टोली माडी पुगेको छ ।

चितवनका प्रजिअ तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्टले बस्ती र लगाइको बाली डुबानमा परेको जानकारी दिँदै डुबान क्षेत्रमा पुगेर विवरण संकलन गरी जोखिमा परेकाको उद्धार जारी रहेको बताउनुभयो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बाढीले ३०÷४० घरलाई पूर्णरुपमा क्षति पु¥याएको छ भने २०० जति घरमा आंशिक क्षति पु¥याएको जानकारी दिनुभयो ।

चितई खोला, बाँदरमुढे खोला र घाँगर खोलामा आएको बाढीले यहाँका विभिन्न क्षेत्रमा सडक भत्काएको छ । जसका कारण आज बिहानैदेखि भरतपुर– माडी ठोरी यातायात अवरुद्ध भएको स्थानीय पत्रकार गोविन्द न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार माडीका विभिन्न क्षेत्रका माछापोखरीमा समेत बाढीले क्षति पु¥याएको छ । माडीमा विद्युत् सेवा बन्द भएको आज २५ दिन पुगेको छ भने विद्युत् नहुँदा यहाँको फोन सेवासमेत प्रभावित भएको न्यौपानेले बताउनुभयो ।

प्रकाशित : २८ श्रावण २०७४, शनिबार ००:००