१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

प्राध्यापक संघ ५५ औँ वर्षमा



काठमाडौँ, २८ साउन । नेपाल प्राध्यापक संघको ५५ स्थापना दिवस मनाइएको छ ।

घण्टाघरस्थित त्रिचन्द्र कलेजमा संघको भण्डोत्तोलन, चियापान र शुभकामना कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । कार्यक्रममा रक्षामन्त्री एवं संघका पूर्वअध्यक्ष भीमसेनदास प्रधानलाई बधाई तथा स्वागत गरिएको थियो । संघका अध्यक्ष रामेश्वर उपाध्यायले उच्च शिक्षामा राज्यको लगानी बढ्नुपर्ने र प्राध्यापकलाई दक्षिण एसियाली मुलुकका स्तरको सुविधा दिइनुपर्ने बताउनुभयो ।

स्थापना दिवसमा अवसरमा तीन दिवसीय कार्यक्रमअन्तर्गत गत साउन २९ गते प्राध्यापक अतिथि गृह, कीर्तिपुरमा प्रा बिसी मल्लको प्रतिमामा माल्यार्पण तथा दिवंगत पूर्वअध्यक्षको तस्वीरमा माल्यार्पणका साथै ‘संघीयतामा उच्चशिक्षा’ विषयको विचार गोष्ठी आयोजना गरिने छ ।
यस्तै संघले साउन ३० गते केन्द्रीय पूर्वपदाधिकारी र विभिन्न क्याम्पस एकाइका सभापतिसँग संघको आगामी भूमिकाबारे छलफल हुनेछ । विसं २०१९ मा स्थापित संघका संस्थापक अध्यक्षमा मल्ल हुनुहुन्थ्यो । हाल सो संघमा नौ वटै विश्वविद्यालयमा कार्यरत सबै विचारका प्राध्यापकका संघ आबद्ध छन् ।

प्रकाशित : २८ श्रावण २०७४, शनिबार ००:००