१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

भारतमा पहिलो दक्षिण एशियाली युवा सम्मेलन हुने



काठमाडौँ, २६ साउन । अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो दक्षिण एशियाली युवा सम्मेलन भारतको उडिसामा हुने भएको छ ।

समितिले आज पत्रकार सम्मेलन गरी पहिलोपटक उडिसा राज्यको भुवनेश्वर शहरमा आगामी असोज १ देखि ५ गतेसम्म गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डा केके सिंहले दक्षिण एशियाका युवासामु उनीहरुले भोग्दै आएका समस्या र त्यसका समाधानबारे आठवटै देशका युवा मन्त्रीलाई राखेर सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

युवाको समस्या, संस्कृति, पर्यटन, संयुक्त राष्ट्र सङ्घले अवलम्बन गरेको दिगो विकास लक्ष्य, शान्ति, पूर्वाधार विकासलगायतका बारेमा सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनमा समितिका नेपाल शाखा अध्यक्ष राज कट्टेलले नेपालबाट युवा तथा खेलकुद मन्त्रीसहित ३० जनाको सहभागिता रहने जानकारी दिनुभयो ।

सम्मेलनमा दक्षिण एशियाका आठ देशका करिब ४०० युवा प्रतिनिधिको सहभागिता रहने छ ।

प्रकाशित : २६ श्रावण २०७४, बिहिबार ००:००