१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

म्याग्दी नदीले झोलुंगे पुल बगायो



म्याग्दी, २६ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोसबगरा गाउँको बीचमा आवतजावतका लागि म्याग्दी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएराति अविरल वर्षासँंगै म्याग्दी नदीमा आएको बाढीले पानीको बहाव बढेपछि झोलुंगे पुल बगाएको हो ।

झोलुंगे पुल बगाएपछि बगरा र सिंकोसबगराका स्थानीयवासीलाई आवतजावत बन्द भएको स्थानीय राउण्ड धौलागिरि युवा क्लबका अध्यक्ष डिल पुनले बताउनुभयो । उहाँले तत्काल वैकल्पिक व्यवस्था गर्न नसकेमा सिंकोसबगरमा सर्वसाधारण वारिपारी आउनबाट वञ्चित हुनेछन् ।

म्याग्दी नदीको पारिपट्टि रहेको सिंकोसबगरमा करिब एक दर्जन घरधुरीको बसोबास रहेको छ । म्याग्दी नदीमा जीर्ण अवस्थामा रहेको सो पुलबाट यसअघि स्थानीयवासीले जोखिम मोलेर वारपार गर्दै आएका थिए । करिब दुई दशक अगाडि निर्माण गरिएको सो झोलुंगे पुललाई स्थानीयवासीले मर्मत गरी वारपारको माध्यम बनाएका थिए ।

प्रकाशित : २६ श्रावण २०७४, बिहिबार ००:००