१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

करेन्ट लागेर एकजनाको मृत्यु



नवलपरासी, २५ साउन । यहाँको सुनवल नगरपालिका–७ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

नवलपरासी र रुपन्देही जिल्ला को सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २५ श्रावण २०७४, बुधबार ००:००