काठमाडौँ, २३ साउन । नेपाल बैंक लिमिटेडका अध्यक्ष जनार्दन आचार्यद्वारा लिखित संस्मरणात्मक पुस्तक कल्पवृक्ष संस्मरणात्मक कृतिको अंग्रेजी संस्करण ‘कल्पवृक्ष (द विस फुलफिलिङ ट्री)’ को शनिबार पूर्वअर्थमन्त्री महेश आचार्यले सार्वजनिक गर्नुभएको छ ।
बानेश्वर भीमसेनगोलास्थित सत्यसाई केन्द्रमा नियमित भजन तथा सत्सङ्ग समारोहमा पुस्तक सार्वजनिक गर्दै पूर्वमन्त्री आचार्यले लेखकले साईबाबालाई कल्पवृक्षका रुपमा चित्रण गरेको उल्लेख गर्दै कृति हरेक उमेर र वर्गका व्यक्तिका लागि प्रेरणादायी भएको बताउनुभयो ।
पुस्तकका लेखक आचार्यले साइलीला समेटिएको संस्मरणात्मक पुस्तक ‘कल्पवृक्ष’ विसं २०६७ मा प्रकाशन भएकामा माग भएबमोजिक सात वर्षपछि अंग्रेजी संस्करण प्रकाशन गरिएको जानकारी दिनुभयो । अनुदित कृतिको अनुवाद स्नेहा शर्मा र सम्पादन मुकुन्द अर्यालले गर्नुभएको हो ।
प्रतिक्रिया