३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

शिक्षा नीति नआउँदा शैक्षिक कार्यक्रम अन्यौलमा



फोटो : डिइओ डोल्पा

डोल्पा(दुनै), २२ साउन – शिक्षा मन्त्रालयले आइतवारसम्म जिल्लामा कर्मचारी खटनपटन गर्न जिल्ला शिक्षा कार्यालय डोल्पालाई निर्देशन अथवा कार्यविधि पठाएको छैन ।
केन्द्रको कुनै निर्देशन प्राप्त नभएको भन्दै जिल्ला शिक्षा कार्यालय डोल्पाले स्थानीय तहहरुमा शिक्षाका कर्मचारीहरु नखटाउंदा स्थानीय तहहरुले गर्ने शिक्षा सम्बन्धी काम कसरी गर्ने भन्ने अन्यौल भएको ठुली भेरी नगरपालिका दुनैका उपप्रमुख योगेन्द्रबहादुर शाहीले बताए । उनले थपे शिक्षासंग के कार्यक्रम कसरी चलाउने भन्ने कुरा त कता हो कताको कुरा कर्मचारीसम्म खटाएको छैन । यसले नै जनाउँछकी शैक्षिक कार्यक्रमहरु के गर्ने के गर्ने महाअन्यौल बनाएको छ ।
सरकारले शिक्षकहरुलाई समेत मासिक तलव भत्ता खुवाउने भन्ने नीति पास गरिसकेको छ । स्थानीय तह निर्वाचन सकिएको साढे २ महिना वितिसके पनि नेपाल सरकारले पनि कुनै नीति नियम नबनाएर अन्यौल जन्माएको छ भने शिक्षा मन्त्रालयले त झनै कर्मचारीसम्म खटाएको छैन । यस्तो बेला कसरी कार्यक्रम गर्ने जानकारी नै छैन भन्दा हुन्छ । उपप्रमुख शाहीले भने ।
स्थानीय तह भित्र गठन गर्नु पर्ने प्रमुख समिति शिक्षा समिति बनाउने, उपसमितिहरु बनाउने, शिक्षाका समग्र क्रियाकलापहरु सञ्चालन गर्ने, स्थानीय तह भित्रका विद्यालयहरुको नियमित सञ्चालनमा आवश्यक परिचालन गर्ने जस्ता कुनै पनि काम हुन नसकेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले बताए । उनले थपे नगरपालिका गाउंपालिका भित्रका विद्यालयहरुमा खाली रहेका शिक्षक दरवन्दीमा अस्थायी करार नियुक्ति गर्न समेत अन्यौल सिर्जना भएको छ ।
के के काम कसरी गर्ने कुनै पनि नीति विधिहरु स्थानीय तहमा प्राप्त नभएको, शिक्षकहरुको तलव भत्ता स्थानीय तहले खुवाउने भनेको छ तर आइतवारसम्म शिक्षाले कर्मचारी नखाउने मात्र होइन शिक्षकहरुको विवरण समेत उपलब्ध नगराएको लगायतका विविध कारणले स्थानीय तहहरुलाई शिक्षा सम्बन्धी काम गर्न कुहिराको काग जस्तै भएको ठुली भेरी नगरपालिका दुनैका प्रमुख गणेशबहादुर शाहीले बताए ।
केन्द्रले कर्मचारी व्यवस्थापन लगायतका निर्देशनहरु नपठाएका कारण जिल्लाका स्थानीय तहहरुमा कर्मचारी खटाउन नसकिएको, स्थानीय तहहरुमा शिक्षाका कार्यक्रम सञ्चालनको गाइडलाइन दिन नसकिएको जिल्ला शिक्षा अधिकारी रामराज खकुरेलले बताए । उनले थपे विभिन्न नीति नियम, निर्देशन प्राप्त नभएकाले तत्काल शिक्षकहरुको तलव भत्ता खुवाउन, खाजा कार्यक्रम, अस्थायी करार शिक्षक नियुक्ति, स्थानीय तहमा शिक्षा समिति गठन, विभिन्न निर्माणका कार्यहरु, विभिन्न योजनाहरु वितरण लगायतका काम गर्न अन्यौल देखिएको छ ।
शिक्षा मन्त्रालय तथा सम्बन्धित निकायले स्थानीय तहमा यो यो काम यसरी गर्नु पर्ने भन्ने कुनै पनि जानकारीसम्म प्राप्त नभएकोले के गर्ने गर्ने यसो सोच्यो भने चक्कर आउने अवस्था छ । अन्यौलका मात्रै कुरा कहां छ र मुड्केचुला गाउंपालिका नर्कुका अध्यक्ष दत्तबहादुर शाहीले बताए । उनले थपे शिक्षा मन्त्रालयले यो अन्यौल छिटो हटाउने गरी परिपत्र गर्नु पर्छ ।
शिक्षासंग सम्बन्धित कामहरु समेत प्राप्त नभएको र स्थानीय तहका कार्यकारीहरु समेत स्थानीय तहमा होइन जिल्लामा समेत नभएकाले काममा झनै समस्या उत्पन्न भएको माथिल्लो डोल्पाको एक गाउंपालिकाका अध्यक्षले बताए । उनले थपे नेपाल सरकारले यसको समाधान छिटो गरिदिनु पर्छ ।

प्रकाशित : २२ श्रावण २०७४, आइतबार ००:००