३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

श्रीमतीको हत्या आरोप



रामपुर (पाल्पा), २१ साउन । पूर्वखोला गाउँपालिका–५ जोगीढुंगाका रनवीर दमाईंलाई कोदालाको पासोले हानेर श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ ।

दमाईंले ४० वर्षीया श्रीमती सुकमाया परियारलाई हानेर हत्या गरेको आरोप जिप्रका पाल्पाले लगाएको छ । रक्सीले मातेका दमाईंले सामान्य घरायसी झगडामा शुक्रबार राति करिब १० बजे सो वारदात गरेको जिप्रका पाल्पाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिनुभयो ।

दमार्इंले सधैँ रक्सी सेवन गरेर श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आइरहेको स्थानीयवासीले बताएका छन् । अभियुक्त दमार्इंलाई अहिले प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।

प्रकाशित : २१ श्रावण २०७४, शनिबार ००:००