३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

तीर्थयात्रीको मृत्यु



बाजुरा, २० साउन । बडिमालिकाको दर्शन गरी त्रिवेणीधाममा आफ्ना पितृको अस्तु सेलाएर घर फर्कने क्रममा बीच बाटोमा आज एक तीर्थयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका– २ छतारा घर भई हाल कैलाली जिल्लाको फूलबारी– २ मा बसोबास गर्दै आएका ५५ वर्षीय डम्मलाल जैशी रहेको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।

यसैगरी स्वामीकार्तिक गाउँपालिका–२ मा पनि भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउकी ४५ वर्षीया साउनी बुढा रहेको बताइएको छ । गाउँ नजिकैको मेलामा घाँस काट्न गएका बेला चिप्लिएर मृत्यु भएको आफन्तले बताएका छन् ।

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार ००:००