रत्ननगर (चितवन), २० साउन । रत्ननगरस्थित सौराहामा आज साँझ मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
सौराहाबाट मालपुरतर्फ आउँदै गरेको ना ४५ प ३४०४ नंको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीयवासी १९ वर्षीय युसुब भनिने रोमश लामाको मृत्यु भएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
उनीसँगै साइकलमा सवार रोशन थापा घाइते भएको बछ्यौली प्रहरीले जनाएको छ । सोही क्रममा अर्काे साइकललाई समेत ठोक्किन पुग्दा रत्ननगरका सुलभ तामाङ र कृष्ण लामासमेत घाइते भएका छन् । तीनै जनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक भरतपुरका–१२ का २५ वर्षीय प्रेम मगरसमेत घाइते भएको प्रहरीले जनाएको छ । उनको टाँडीस्थित ओमसाइराम अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई भने निणन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया