ललितपुर, २० साउन । जापानको राजधानी टोकियोमा हुन लागेको एबिओ रोबोकन–२०१७ मा भाग लिन नेपालको तर्फबाट पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीको एक समूह त्यसतर्फ जान लागेको क्याम्पस प्रमुख गोकर्णबहादुर मोत्राले बताउनुभएको छ ।
क्याम्पद्वारा आज यहाँ आयोजित रोबोट सम्बन्धी अवलोकन कार्यक्रममा उहाँले आगामी भदौ १२ गते ९अगष्ट २७० मा हुने सो प्रतियोगितामा भाग लिन विद्यार्थी, शिक्षक र कर्मचारी गरेर १८ जनाको समूह भदौं ८ गते त्यसतर्फजान लागेको बताउनुभयो । उक्त प्रतियोगितामा १९ वटा देशका २० वटा समूहबीच प्रतिस्पर्धा हुने उहाँको भनाइ छ ।
जापानमा हुनलागेको सो प्रतियोगितामा जापान, चीन, थाइल्याण्ड, भियतनाम, मलेसिया, हङकङ, इरान, काजिकस्तान, फिजी, इण्डोनेसिया, भारत, नेपाल, ंबंगलादेश, श्रीलंका, पाकिस्तान, कम्बोडिया, इजिप्ट, रसिया र मंगोलियाबाट आउने इञ्जिनियरिङका विद्यार्थीले तयार पारेका रोबोटको प्रदर्शन हुने जनाइएको छ ।
प्रतिक्रिया