काठमाडौँ, २० साउन । आपूर्तिमन्त्री शिवकुमार मण्डलले चाडवाडको समयमा हुने कालोबजारी र कृत्रिम अभावलाई रोक्ने बताउनुभएको छ ।
रिपोर्टस् क्लबको साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले कालोबजारी र कृत्रिम अभाव रोक्न विद्यमान कानुनी अड्चनलाई व्यवस्थित गर्न कानून संशोधनको प्रक्रिया थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘चाडपर्वको समयमा खाद्यान्न आपूर्तिलाई सहज बनाइनेछ, दुर्गम जिल्लामा समयमा खाद्यान्न पु¥याउने विषयमा खाद्य संस्थानसँग छलफल भइरहेको छ ।” तत्काल कुनै पनि वस्तुको मूल्यवृद्वि नहुने तथा पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास भइरहेको मन्त्री मण्डलले बताउनुभयो ।
“चाडवाडको समयमा पनि खाद्यान्न, पेट्रोलियम पदार्थको मूल्य बढ्दैन, ढुक्क हुनुुहोस्,” उहाँले भन्नुभयो । नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भएको अनियमितताबारे जानकारी लिइरहेको उहाँको भनाइ थियो । जग्गा खरिद प्रक्रियामा अनियमिता गरेको पाइएमा कारबाही गरिने मन्त्री मण्डलले बताउनुभयो ।
सरकारले सातवटै प्रदेशमा पे्रट्रोलियम पदार्थको भण्डारका लागि जग्गा खरीद गर्न लागेको र ती सबै प्रदेशमा कम्तीमा ९० दिनका लागि पुग्ने पे्रट्रोलियम पदार्थ भण्डार गर्ने योजना बनाइएको मन्त्री मण्डलले जानकारी दिनुभयो ।
प्रतिक्रिया