३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

बोक्सीको आरोपमा कुटपिट



दाङ, १९ साउन । बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।

लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुग्नुभएको थियो ।

पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताउनुभयो ।

पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताउनुभयो ।

प्रकाशित : १९ श्रावण २०७४, बिहिबार ००:००