३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

सच्याइएको : कोठामा मृत अवस्थामा फेला



पोखरा, १८ साउन । पोखरा लेखनाथ महानगरपालिका–१७ आँखा अस्पतालचोक नजिकै एकजना कोठामा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका पर्वत जिल्ला घर भन्ने बुझिएका लगभग ५८ वर्षका लिलाबहादुर कुँवर मंगलबार मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

सोमबार साँझ खाना खाएर सुतेका कुँवर बिहान अबेरसम्म नउठेपछि घरधनी गुरुङले प्रहरीलाई जानकारी गराउनुभएको थियो ।

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ००:००