२९ माघ २०८१, मंगलबार । February 12, 2025

मुख्य खबर

विपन्न विद्यार्थी सहयोगार्थ गजल साँझ



लमजुङ (बँेसीशहर), १८ साउन । गरिब तथा विपन्न विद्यार्थी सहयोगार्थ गजल साँझ हुने भएको छ ।

भोटेओडारस्थित भक्ति नमूना माविमा मोती गजल साँझ हुने भएको हो । सोही विद्यालयमा कक्षा २ सम्म अध्ययन गर्ने विपन्न तथा गरिब बालबालिकालाई खाजा र शैक्षिक सामग्रीका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवं सोही विद्यालयका शिक्षक थकित यात्रीले बताउनुभयो ।

“सरकारी विद्यालयमा पढ्ने बालबालिका खाजा र शैक्षिक सामग्रीको अभावमा पनि विद्यालय छोड्नुपर्ने बाध्यता छ”, यात्रीले भन्नुभयो, “ती गरिब परिवारका बालबालिकालाई विद्यालय आउने वातावरण सिर्जना गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।”

उहाँले कार्यक्रमबाट बचत रकमको अक्षयकोष स्थापना गरिने र सोही रकमको ब्याजबाट विद्यार्थीलाई खाजा तथा शैक्षिक सामग्रीको व्यवस्था गर्ने बताउनुभयो । विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थी १५० जना रहेका छन् ।

मोती जयन्ती तथा भक्ति नमूना माविको स्वर्ण महोत्सवको अवसरमा भदौको पहिलो साता गजल साँझ हुने भएको छ । भक्ति नमूना मावि भोटेओडारको आयोजना र भक्ति भूतपूर्व विद्यार्थी समाजको सहआयोजनामा कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकार राज सिग्देल, प्रकट पंगेनी, संगीतकार चन्दनकुमार श्रेष्ठ, गीतकार हरि बस्ताकोटी, सुरज सायमी र थकीत यात्रीलगायतको प्रस्तुति रहने बताइएको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ००:००