२९ माघ २०८१, मंगलबार । February 12, 2025

मुख्य खबर

घाईते मजदुर तिन दिन पछि सेनाको हेलिकप्टरबाट उद्धार



डोल्पा(दुनै), साउन – गत शनिवार गिट्टी कुट्दै गर्दा माथिबाट आएको ढुगँं लागेर सख्त घाइते भएकी मजदुर आशा विकलाई नेपाली सेनाको हेलिकप्टरबाट सोमबार उद्धार गरिएको छ ।
साविकको गोतामकोट गाविस ५ रुकुम घर भई लामो समयदेखि ठुलीभेरी नगरपालिका ३ दुनै बजारमा मजदुरी गरेर बस्दै आएकी ३८ वर्षकी आशा वि क ठुलीभेरी नगरपालिका ३ को खुइतेगौडा भन्ने ठाउंमा गिट्टी कुट्दै गरेको बेला शनिवार भिरालो वन माथिबाट आएको ढुङ्गा लागेर सख्त घाइते आशालाई दाईने खुट्टाको छिनिनै लागेको र छालाले मात्र अड्याउने गरी घाइते भएकी थिइन । रगत लगायत उपयुक्त प्राविधिक उपकरणहरु नभएकोले उपचार नर्ग नसकिने जिल्ला अस्पताल डोल्पाले जनाएको थियो ।
त्यस लगत्तैदेखि जिल्ला प्रशासन कार्यालय डोल्पा मार्फत उद्योगी, व्यापारी, सर्वसाधारण, शिक्षक, विद्यार्थी, कर्मचारी, नागरिक समाज सबैको आग्रहमा नेपाल सरकारले नेपाली सेनाको हेलिकोप्टरबाट सोमवार घाइतेलाई उद्धार गरी उपचारार्थ मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले बताए । उनले थपे मजदुरी गरेर जीवन धान्ने र बालबच्चा पढाउनुका साथै पाल्नु पर्ने अवस्थाका साथै आर्थिक स्थिति अत्यन्तै नाजुक भएकाले सरकारका तर्फबाट उद्धार गर्नु परेको हो ।
घाईते विकलाई तिन दिन पछी उद्धार गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । शनिवार नै विभिन्न ठाउंमा पहल गरेको तर मौसमको खराबीको कारणले हेलिकप्टर उड्न नसके पछि उद्धारमा ढिला भएको साहायक प्रमुख जिल्ला अधिकारी बुढाले बताए ।
ढुङ्गा लागेर घाइते वि क लाई तत्काल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाको सुरक्षार्थ खटिएको कालिदत्त गुल्म सुलिगाडका नेपाली सेनाले उद्धार गरी जिल्ला अस्पताल दुनैमा पठाएको थियो । घाईते विक लामो समय देखि डोल्पाको दुनैमा मजदुरी गरेर जीवन धान्ने र छोरी पढाउने काम गरिरहेकीे आशा ढुङ्गा लागेर एउटा दाहिने खुट्टा पुरै छिन्नीएको छ । थोरै मासुले मात्र झुन्डाएको छ हाल घाईते बोल्ननसक्ने अवस्थामा रहेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलबार ००:००