डोल्पा(दुनै), साउन – स्थानीय तहको निर्वाचन सकिएको डेढ महिना पछि निर्वाचन प्रक्रिया सुरु भएको जिल्ला समन्वय समिति डोल्पाको संयोजक लगायतका पदहरुमा मनोनयन–पत्र दर्ता सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति डोल्पाको संयोजकमा शेरबहादुर बुढा, उपसंयोजकमा नरबहादुर बुढा, दलित सदस्यमा प्रेमलाल कामी, महिला सदस्यमा देवीलक्ष्मी रोकाया, देवि घर्ती र माया ठकुल्ला, खुला सदस्यहरुमा मैनबहादुर ठकुल्ला, रामप्रसाद महत र चन्द्रबहादुर बुढाको मनोनयन पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति निर्वाचन डोल्पाले जनाएको छ ।
सोमवार सम्पन्न भएको मनोनयन–पत्रमा संयोजक, उपसंयोजक, दलित सदस्य, महिला सदस्यहरु र २ जना खुला सदस्य गरी ८ वटा पदमा नेकपा एमालेका उम्मेदवारहरुको मात्र मनोनयन पत्र दर्ता भएको छ भने १ खुला सदस्यमा राप्रपाका चन्द्रबहादुर बुढाको मनोनयन पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताए ।
संयोजक, उपसंयोजक, १ दलित सदस्य ३ महिला सदस्य, ३ खुला सदस्य गरी ९ सदस्यीय जिल्ला समन्वय समिति डोल्पाका सबै अथवा ९ वटै पदमा एक, एक जनाको मात्र मनोनयन पत्र दर्ता भएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचनका लागि स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।
जस मध्ये संयोजक शेरबहादुर बुढा, उपसंयोजक नरबहादुर बुढा, दलित सदस्य प्रेमलाल कामी, महिला सदस्यहरु देविलक्ष्मी रोकाया, देवि घर्ती र माया ठकुल्ला, खुला सदस्यहरु रामप्रसाद महत र मैन ठकुल्ला एमालेबाट उम्मेदवार बनेका छन् भने खुला सदस्यको १ पदमा राप्रपाका चन्द्रबहादुर बुढाले उम्मेदवारी दिएका छन् ।
मनोनयन पत्र दर्ता समय सकिएको अवस्था सम्म एक पदमा एक जनाको मात्र मनोनयन पत्र दर्ता भएकाले सबै पदहरु निर्विरोध भैसकेको छ । तर घोषणा भने १८ गते मात्र हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।
१७ श्रावण २०७४, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया