११ फाल्गुन २०८१, आइतबार । February 23, 2025

मुख्य खबर

पाँचपोखरी पदमार्ग दौड प्रतियोगिता हुने



 

काठमाडौँ, १६ साउन । विश्वकै नवौँ उच्च स्थानमा पर्ने सिमसार कुण्डमा पदमार्ग दौड प्रतियोगिता हुने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा अवस्थित पाँचपोखरीलाई पर्यटन क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले पाँचपोखरी पदमार्ग २०१७ को आयोजना गर्न लागिएको विश्व समावेशी संस्थाका अध्यक्ष एवं सगरमाथा आरोही माया गुरुङले काठमाडौँमा आयोजित कार्यक्रममा बताउनुभयो ।

समुद्री सतहबाट चार हजार ६० मिटर उचाइमा अवस्थित धार्मिक महत्वको पाँचपोखरी विश्वका उच्च सिमसार कुण्डमध्ये नवौँ स्थानमा छ । एकै स्थानमा सूर्यकुण्ड, भैरवकुण्ड, गणेशकुण्ड, नागकुण्ड र सरस्वतीकुण्ड रहेकाले उक्त स्थानलाई पाँचपोखरी भनिएको हो ।

विसं २०७४ साउन २३ गते हुने प्रतियोगितामा जो कोहीले पनि सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका विजयी महिला तथा पुरुष दुवैतर्फ पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः रु २५ हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजारका नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सयभन्दा बढीले सहभागिता जनाउने आयोजकले बताएको छन् ।

प्रकाशित : १६ श्रावण २०७४, सोमबार ००:००