३ मंसिर २०८१, सोमबार । November 18, 2024

मुख्य खबर

नागपञ्जमी र रक्षा बन्धनसंगै मनाइयो



डोल्पा(दुनै), १३ साउन । श्रावण शुक्ल पञ्चमीका दिन शुत्रवार नागको पूजा गरेर नाग पञ्चमी मनाउनुका साथै रक्षा बन्धन पर्व मनाइएको छ ।
यो वर्ष रक्षा बन्धन तथा जनै पूर्णिमा श्रावण शुक्ल पुर्णिमा दिन चन्द्रग्रहण परेकोले रक्षा बन्धन र जनै पूर्णिमा पर्व पनि शुक्रवारै शुक्ल पञ्चमीका दिन मनाउने पञ्चाङ्ग निर्णयात्मक समितिले निर्णय गरे अनुसार नाग पुजा, जनै पूर्णिमा र रक्षा बन्धन एकै दिन मनाइएको हो ।
वर्षाले गलेको जमिनबाट ओभानोमा आएर नागले विचरण गर्ने भएकाले पनि नाग÷सर्प जस्ता विषालु जलचरको आक्रमणबाट जोगिन यस प्रकारको होसियारी अपनाइएको हो भन्ने गरिन्छ ।
शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म गरी आठ प्रकारका नागको विशिष्टताको वर्णन गरिएको छ । यिनै नागको तस्बिर घरको मूल ढोकामा टाँसेर र कपासको नाग बनाएर यो दिन दुबोे, दूध, धुप र अबिर–अक्षताले नागको अर्चना गर्दै पुजा गर्ने प्रचलन छ ।

डोल्पाको सदरमुकाम ठुलिभेरी नगरपालिका दुनैको कालिका मन्दीर, सिव मन्दीर, त्रिुपुरा सुन्दरी नगरपालीकाको बाला त्रिपुरा सुन्दरी देविको मन्दिर त्रिपुराकोट लगाएका डोल्पा जिल्लाका विभिन्न मठमन्दिरहरुमा भक्तजनहरुको भिड लागेको थियो ।
यसका साथसाथै विधिपूर्वक ब्राह्मणबाट मन्त्ररेका जनै फेर्ने, विधिका साथ रक्षा बन्धन बांध्ने गरेर जनै पूर्णिमा एवम् रक्षा बन्धन पनि मनाइएको छ । शुक्रवार विहानै नुहाईधुवाई गरेर बजार, गाउंटोलका घरघरका मुल ढोकाको शीरमा नागको तस्विर टांस्ने र पुजाआजा गर्ने, ब्रह्मण र क्षेत्रीहरुले विधिपूर्वक जनै फेर्ने, सबैले ब्रह्मणबाट रक्षा बन्धन बांध्ने साथै केही वर्ष यता दिदी वहिनीको हातले दाजुभाइका हातमा राखी बांध्ने चलन पनि चलेको छ ।

प्रकाशित : १३ श्रावण २०७४, शुक्रबार ००:००