२८ कार्तिक २०८१, बुधबार । November 14, 2024

मुख्य खबर

द्वन्द्वपीडितलाई रु पाँच करोड राहत



पोखरा, १३ साउन । कास्कीका द्वन्द्वपीडितलाई रु पाँच करोड १६ लाख २५ हजार राहत वितरण गरिएको छ ।

दशवर्षीय सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ जनाका परिवारलाई रु चार करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पीडितका परिवारले रु पाँच पाँच लाख पाएका छन् । मृतक तथा बेपत्ता भएका परिवारका सदस्यले रु १० लाख पाउनुपर्नेमा रु पाँच लाख यसअघि नै पाइसकेका थिए ।

त्यस्तै द्वन्द्वकालमा मृत्यु भएका सेना र प्रहरीका ३९ जनाका परिवारले रु ५८ लाख ५० हजार पाएका छन् । उनीहरुका परिवारले यसअघि रु आठ लाख ५० हजार बुझिसकेकाले यस पटक बाँकी रु एक लाख ५० हजार पाएका छन् । यसरी नै हिरासत बसेका ६२ जनाले रु २५ हजारका दरले रु १५ लाख ५० हजार र विस्थापित २५ परिवारले रु २५ हजारका दरले रु छ लाख २५ हजार पाएको लेखा अधिकृत सिग्देलले बताउनुभयो ।

प्रकाशित : १३ श्रावण २०७४, शुक्रबार ००:००