३० कार्तिक २०८१, शुक्रबार । November 16, 2024

मुख्य खबर

गौरादह नगरपालिकामा काँग्रेस विजयी



दमक, २१ असार । झापाको गौरादह नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् ।

उक्त नगरपालिकाको प्रमुखमा रोहिकुमार शाहले १० हजार ३०८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मदन अधिकारीले नौ हजार ८५४ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपप्रमुखमा एमालेकी गीता भेटवाल निर्वाचित हुनुभएको छ । १० वटा वडा रहेको सो नगरपालिकाको वडा नं. २, ६ र ९ को वडाध्यक्षमा काँग्रेस तथा वडा नं. १, ३, ४, ५, ८ र १० को वडाध्यक्षमा एमाले विजयी भएका छन् ।

प्रकाशित : २१ असार २०७४, बुधबार ००:००