२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

मुख्य खबर

उम्मेदवारको मत बराबरी



काँकडभिट्टा ९ झापा०, २० असार । कमल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको मत बराबरी आएपछि अन्योल सिर्जना भएको छ ।

आज आएको मतपरिणाम अनुसार नेकपा ९एमाल०का अध्यक्षका उम्मेदवार मेनुका काफ्ले र काँग्रेसका हुकुमसिंह राईको मत बराबर आएपछि पुनःगणना गर्ने या गोलाप्रथा गर्ने भन्ने बारेमा अन्योल भएको छ ।

एमालेकी काफ्ले र काँग्रेसका राई दुवैले आठ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो गाउँपालिकामा राजनीतिक दलबीच गोलाप्रथाका लागि सहमतिको प्रयास भइरहेको छ । उहाँले दलहरुबीच कुरा नमिलेमा पुनः मतगणना हुने बताउनुभयो ।

प्रकाशित : २० असार २०७४, मंगलबार ००:००