काठमाडौँ, १९ असार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाले विदेशमा बसेर नेपाली गीतसङ्गीतको विकासमा योगदान दिने रामप्रसाद खनाललाई आज सम्मान गरेको छ ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको विकासका लागि हजारौँ साधकले विदेशमा बसेर सेवा गर्दै आएको बताउँदै उनीहरुको योगदानलाई बिर्सन नहुने बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सर्जक खनाल गायन मात्र नभई पत्रकारितालगायत क्षेत्रमा सक्रिय रहेको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले कला र सङ्गीत भनेको व्यक्तिको साधनामा चल्ने भएकाले सटिक स्वरमा गाउनुपर्ने बाध्यता हुने बताउनुभयो ।
सम्मानित खनालले नेपालीहरु बाध्य भएर रोजगारीका लागि बिदेसिएको र उनीहरु सच्चा देशप्रेमी भएको बताउनुभयो । कार्यक्रममा प्राज्ञ उन्नति शीला बोहरा र समाजका नेपाल अध्यक्ष राधेश्याम लेकालीले खनालको व्यक्तित्वबारे बोल्नुभएको थियो ।
प्रतिक्रिया